ज्योति मगर अभिनित यौन मनोविज्ञानमा आधारित चलचित्र ‘भाँडो युट्यूबमा (भिडियो)



‘अन्तराल’ र ‘श्री ५ अम्बरे’ जस्तो सफल चलचित्र निर्देशन गरेकी महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको लघु चलचित्र भाँडो सार्वजनिक भएको छ । यौन मनोविज्ञानमा आधारित वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको “भाँडो” कथामा बनेको चलचित्र २०१० मा नै निर्माण भएको थियो । हाल यसलाई युट्यूब मार्फत सार्वजनिक गरिएको छ ।

Click Here to Watch Entertaining Videos
यस चलचित्रको विषयमा बोल्दै निर्देशक बस्नेतले भनिन्, ‘यस चलचित्रको छायाँकन हुदाँ साहित्यकार मल्ल मृत्युसँग लड्दै हुनुहुन्थ्यो उहाँ संग अनुमति लिएर चलचित्र बनेको हो । म पनि तिमीले बनाएको चलचित्र हेर्छु नि नानी भन्नुभएको थियो तर चलचित्र पुरा नहुदै उहाँ वित्नुभयो’ उनले भनिन् ।

लघु चलचित्र भाँडोमा नबराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल, शुशीला जोशि र गायिका ज्योति मगरको अभिनय रहेको छ । “भाँडो” घरेलु काम गर्न मालिकको घरमा बसेको एक युवकको यौन मनोविज्ञानमा आधारित छ । यो चलचित्र नेपालमा आयोजना भएको बड्स फिल्म फियस्टा २०१० मा पहिलो प्रर्दशन गरिएको थियो भने टोरन्टो नेपाली चलचित्र महोत्सब २०११ मा आधिकारिक छनौट भएर प्रर्दशन भएको थियो ।

जीवनसाथी फिल्मसले प्रस्तुत गरेको चलचित्रमा रमेश धमलाको छायांकन रहेको छ भने अशिम चित्रकारको सम्पादन रहेको छ ।

हेर्नुहोस् चलचित्र:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu