कुरा हो बलीउडकी एक समयकी चर्चित अभिनेत्री शिल्पा शेट्टीको । अर्बपति राज कुंद्रासँग बिहेगरेपछि बलीउड चलचित्रमा देखिन छाडेकी उनीसँग चलचित्र खेल्दाका जोशहरु अझै पनि ताजा छन् र उस्तै छ उनको सुन्दरता । त्यस्तै केहि दिन अगाडी श्रीमान राज कुंद्रासँग एक अनलाइनको प्रमोशन गर्न पत्रकारहरुसँग भेट गरेकी शिल्पाले झण्डै पत्रकारलाई आफुले बोलिरहेको माइकलले हानिन् ।
Click Here to Watch Entertaining Videos
पत्रकारहरुले शिल्पालाई आईपीएल टीम राजस्थान रोयल्ससँग सम्बन्धी केहि प्रश्न सोध्धा निकै आक्रोशित भएकी हुन् । तर उनीले रिसाएर भने पत्रकारलाई माइक फ्याक्न लागेकी होइनन् । शिल्पाले हाँस्दै पत्रकारलाई माइक फ्याक्ने धम्की दिएपछि उनका श्रीमान राज कुंद्राले उनको हातबाट माइक मागेका थिए र राजले नै पत्रकारको जबाफ दिएका थिए । कार्यक्रममा बलीउड अभिनेत्री नेहा धूपियापनि देखिएकी थिइन ।