माघ अन्तिमबाट सुष्माको सुस्तरी बतास चल्ने



Sushma-Karki
ठुलोपर्दा डटकम, काठमाण्डौ।
छायांकन सकिएर अहिले सम्पादन काम चलिरहेको चलचित्र ‘चलेछ बतास सुस्तरी’ २९ माघबाट प्रदर्शनमा आउने निर्माता अरुण खड्काले जानकारी दिएका छन् । यो चलचित्रलाई अनिला खड्का र सब्बु सुवेदीले संयुक्त निर्देशन गरेका हुन् ।

Click Here to Watch Entertaining Videos
चलचित्र लेखक प्रदीप भारद्वाजले निर्माण गरेको यो चलचित्रमा प्रेमकथालाई मुख्य विषयबस्तु बनाइएको छ । यसमा सुष्मा कार्की, प्रमोद भारद्वाज, आकाश पल, हेमन्त बुढाथोकी र बालदीप राईलगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा विकास चौधरीको संगीत, हरिलामाको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछाने र कविराज गहतराजको नृत्य निर्देशन एवं सुनिल मानन्धरको वितरण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu