सनीलाई गाली गर्दा शिल्पाको मन दुख्यो



Shilpa-Shetty-and-Sunny-Leone
बलीउड अभिनेत्री शिल्पा शेट्टीले बलीउडकी अर्की अभिनेत्री सनी लियोनलाई साथ दिएकी छिन् । सनी लियोनका कारण भारतमा बलात्कारको घट्नामा वृद्धि भएको भन्दै एक नेताले सार्वजनिक ठाँउमै आरोप लगाएपछि त्यसको विरोधमा अभिनेत्री शेट्टी उभिएकी छिन् ।

Click Here to Watch Entertaining Videos
उनले भनेकी छिन्, ‘सनीलाई त्यसरी आरोप लगाउनु मूर्खतापूर्ण हो ।’ भारतमा महिलाहरुले गरेको एक कार्यक्रममा बोल्दै शिल्पाले भनिन्, ‘जो कोहि पनि सनीलाई यस्तै सोच्छन् तर यो गलत हो । हातमा पाँच औलाहरु एकनाशका हुँदैनन् त्यसैले हामी सधै सकारात्मक चिजलाई मात्र ध्यान दिने बानी बसाल्नुपर्छ ।’ उनले थपिन -‘भारत एक महान देश हो र मलाई गर्व छ म एक भारतीय नागरिक हुँ ।’

भारतीय कम्युनिस्ट पार्टी (भाकपा) का महासचिव अतुल कुमार अंजानले केहि दिन अगाडी सनीले अभिनय गरेको कन्डमको विज्ञापनका कारण देशमा बलात्कारको घट्नामा बढ्दै गएको भन्दै आरोप लगाएका थिए । यो भनाईलाई भोजपुरी गायक तथा बीजेपी सांसद मनोज तिवारीले पनि समर्थन गरेका थिए । शिल्पाले उक्त कार्यक्रममा लोकप्रिय रियलिटी शो ‘बिग ब्रदर’मा उनीमाथी भएको रंगभेद विवाद र हलीउड अभिनेता रिचर्ड गेरेले गरेको चुम्बनको विषयमा पनि केहि कुरा खोलेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu