शाहरुखलाई लिएर तीन चलचित्र बनाउँदै करण



karan-and-srk
निकै पहिला नायिका प्रियंका चोपडासँग मित्रता प्रगाढ बनाएपछि बलीउडका सुपरस्टार शाहरुख खानसँग सम्बन्ध टाढा बनाउँदै आएका निर्देशक एवं निर्माता करण जोहर आजकाल शाहरुखसँग मित्रता गाँस्दैछन् । लामो समयको दुश्मनीलाई मित्रतामा बदल्दै गएका करणले शाहरुखसँग मिलेर तिन चलचित्र निर्माण गर्न लागेका छन् ।

Click Here to Watch Entertaining Videos
तीन चलचित्र मध्ये एक चलचित्रमा आलिया भट्ट र शाहरुखलाई लिएर निर्माण गर्न लागेपनि अन्य दुई चलचित्रमा पनि करणले शाहरुखलाई नै लिएको भन्दै भारतीय मिडियाहरुले समाचार प्रकाशन गरेका छन् । हुनत करणका प्रिय मित्र भनेका बलीउडका सुपरस्टार सलमान खान हुन् तर सलमान केहि बर्षसम्म बिग बोस ९ सँगै अन्य चलचित्रको छायांकनमा व्यस्त हुनेभएपछि सलमानको विकल्पमा करणले शाहरुख खोजेका हुन् ।

करण र शाहरुख मिलेर तीन चलचित्र निर्माण गर्ने कुरा बाहिर आइरहेको अबस्थामा करणका प्रवक्ताले भने शाहरुख आफ्नै परिवारको सदस्य रहेको बताए । उनले भने -‘शाहरुखसँग ३ चलचित्र मात्रै ? हामी उहाँसँग १० औं चलचित्र बनाउँन सक्छौं ।’ यसरी करणका प्रवक्ताले नै मुख खोलेपछि भने करण र शाहरुख मिलेर तिन चलचित्र निर्माण गर्न लागेका कुरा सत्य सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu