हार्ड ड्रिंक्स गर्दिन, बियर चाहिँ पिउँछु: करिश्मा मानन्धर



karishma-manandhar-drinks
१२ बर्षपछि चलचित्र निर्माण गरेकी सदाबहार नायिका करिश्मा मानन्धरको चलचित्र फागुको प्रदर्शनको तयारीमा छ । चलचित्र अभिनय भन्दा पनि निर्माण तर्फ करिश्माको ध्यान गइरहेको बेला उनले आफुलाई पोखरा घुम्न निकै मन पर्ने बताएकी छिन् ।

Click Here to Watch Entertaining Videos
कान्तिपुर दैनिकसँगको कुराकानीमा उनले आफु प्रकृति प्रेमी भएका कारणले पनि पोखरा घुम्न मन अत्याधिक मन लाग्ने बताएकी छिन् । खानामा सी फुड मन पराउने करिश्माले पेयपदार्थहरुबाट भने टाढै रहने बताउँछिन् । उनी भन्छिन्, ‘हार्ड ड्रिंक्स गर्दिनँ, बियर चाहिँ पिउँछु । उनी थप्छिन् सोडायूक्त पेयपदार्थहरुबाट भने टाढै रहने गर्छु । स्वास्थ्यका दृष्टिले त्यति राम्रो मानिँदैन ।’

उनले कुराकानीको क्रममा लभस्टोरी चलचित्र मन पर्ने पनि खुलाइन । उनलाई नेपालका सबै कलाकारहरु मन पर्छ र हाँस्य कलाकार हरिवंश आचार्य भर्सटायल एक्टर रहेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu