‘ग्याङ्स अफ वासेपुर’को तेस्रो सिक्वेल बन्ने



gangs-of-wassepur-3
सन् २०१२ को चर्चित बलिउड चलचित्र ‘ग्याङ्स अफ वासेपुर’को तेस्रो सिक्वेल निर्माण हुने भएको छ । दोस्रो भागसम्म बनेको चलचित्रको दुवै भागको पटकथा लेखेका जिसान कादेरीलाई भाग तीनका लागि पनि निर्देशक अनुराग कश्यपले कथा लेख्न आग्रह गरेका छन् ।

Click Here to Watch Entertaining Videos
कादेरीले नै चलचित्रको निर्देशन गरुन् भन्ने कश्यपको चाहना रहेको पनि बताइएको छ । चलचित्रको दोस्रो भागबाट कादेरीले अभिनयको चर्चा पनि बटुलेका थिए । उनले निर्देशन गरेको फिल्म ‘मरेठिया ग्याङ्स्टार’ १८ सेप्टेम्बरमा रिलिज हुँदैछ। मरेठिया ग्याङ्स्टारको संगीत विमोचनमा कादेरीले ‘ग्याङ्स अफ वासेपुर’का बारेमा भने,‘अनुरागले मलाई फिल्मको कथा लेख्न र निर्देशन गर्न भनिरहेका छन् । मैले फिल्मको कथा लेख्न सुरु पनि गरिसकेको छु।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu