नेपालकी छोरी भन्दै झरना



Jharana-Thapa-1
चलचित्रको पर्दा भन्दाबाहेक म्युजिक भिडियोतर्फ पनि खासै नदेखिने नायिका झरना थापाले राष्ट्रिय गीतमा भने मोडलिङ गरेकी छिन् । गायिका अञ्जु पन्त र गायक स्वरुपराज आचार्यले स्वर दिएको नयाँ राष्ट्रिय गीत ‘म हुँ नेपालको छोरो, खान्छु गुन्द्रुक र ढिँडो, म हुँ नेपालकी छोरी लाउँछु गुन्यु र चोलो’मा थापाले अभिनय गरेकी हुन् ।

Click Here to Watch Entertaining Videos
गीतको काठमाडौंको नगरकोट लगायतका क्षेत्रमा छायांकन गरिएको छ । केहि दिन भित्रै बजारमा ल्याउने तयारी भइरहेको गीत सन्तोष श्रेष्ठले संगीत दिएका हुन् । गीतमा देशको समसामयिक अवस्थाको चित्रण गर्ने कोसिस गरिएको गीतकार चापागाईले बताए । समसामयिक सन्दर्भ उल्लेख गर्ने यस्ता शब्द गीतमा रहेको उनले उल्लेख गरे ।

भिडियोलाई राजेन्द्र केसीले गरेका हुन् । गीतमा झरना थापालगायत अन्य धेरै कलाकारको सहभागिता रहेको गीतका निर्माता बी.बी. बोहोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu