२४ बर्षमा नीता



neeta-dhungana-dhoon
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रक्षेत्रमा सम्भाबना बोकेकी नायिका नीता ढुंगाना सोमबारबाट २४ बर्षमा लागेकी छिन् । २०४८ सालमा हेटौंडामा जन्मिएकी नीताले आज आफ्नो २४ औ जन्मदिन मनाउँदैछिन् ।

Click Here to Watch Entertaining Videos
पछिल्लो समय नायक आमेश भण्डारीको प्रेममा रहेपछि खुबै चर्चामा आएकी निताले करिब १ दर्जन बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । करिब तेह्र वर्षअघि टिभी सिरियल ‘चेतना’मा बाल कलाकारको अभिनय गरी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नीता अहिले विकाउ नायिकाको रूपमा चिनिन्छिन् । सिरियल ‘चेताना’मा खेलेको दुई वर्षपछि ९ बर्षको उमेरमा ठुलो पर्दाको चलचित्र ‘मितिनी’ र एघार बर्षमा ‘अजम्बरी नाता’मा पनि बालकलाकारको भूमिका निभएकी नीताले स्वर्गीय दीपक रायमाझीको चलचित्र ‘चाडै आऊ’ बाट नवनायिकाको रूपमा प्रवेश पाइन् ।

त्यसपछि क्रमशः ८/९ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी हेटौडाकी यी नायिकाले अभिनय गरेको प्रदीप उदयको चलचित्र ‘हाम्रो माया जुनी जुनीलाई’ले मोफसलमा रेकर्ड तोडेको थियो । ‘हाम्रो माया जुनीजुनी’लाई चलचित्रपछि प्रदर्शनमा आएको ‘मसान’ चलचित्रले पनि राम्रै प्रतिक्रिया पायो । नीर शाहको चलचित्र ‘मसान’पछि उनले दबाब, वार, ६ एकान ६, भूल भूलैया, नोटबुक लगायतका आधा दर्जन बढि चलचित्रमा अभिनय गरिन् ।

हाल उनी केहि म्युजिक भिडियो र चलचित्रको छायांकनमा व्यस्त छिन् । उनको राम्रो चलेको चलचित्र भने ६ एकान ६, मसान र नोटबुक हुन् । उनको नयाँ चलचित्र ‘फूलै फूलको मौषम तिमीलाई’ प्रदर्शनको तयारीमा रहेको छ । राजेश हमाल र करिश्मा मानन्धर मन पर्ने नायक नायिका रहेको बताउने निता अझ केहि बर्ष विवाह नगर्ने सोचमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu