६ करोडको औठी दिएर प्रप्रोज गरेका थिए राहुलले असिनलाई



Asin-and-rahul
बलीउड अभिनेत्री असिनले अभिनय गरेको पछिल्लो चलचित्र अल इज वेलले बलीउड बक्सअफिसमा कमालको व्यापार नगरेपनि अहिले उनको रियल जिन्दगी भने निकै रमाइलो तरिकाले वितिरहेको छ । चाँडै बैबाहिक जीवनमा बाधिन लागेकी यि नायिका असिन अहिले मोवाइल कम्पनी माइक्रोम्याक्सका को—फाउन्डर राहुल शर्मासँगको प्रेम सम्बन्धमा छिन् ।

Click Here to Watch Entertaining Videos
हालै आएको खबर अनुसार राहुलले असिनलाई ६ करोडको हिराको औँठी दिएर प्रेम प्रस्ताव राखेका थिए । स्रोतले बताए अनुसार १ बर्ष पहिले राहुलले फिल्मी स्टाइलमा असिनलाई औँठी लगाइदिएका थिए । बेल्जियममा बनेको ६ करोडको हिराको औँठी दिएर राहुलले आफ्नो मनको कुरा असिनसँग भनेका थिए र असिनले पनि त्यहि बेला राहुलको प्रेम स्विकार गरेकी थिइन् ।

त्यहि १ बर्ष पहिले राहुलले हातमा लगाइदिएको औठी मिडियाको नजरमा पुगेको छ । बताइए अनुसार औठीमा असिन र राहुलको नाम खुल्ने गरि अंग्रेजीबाट नामको पहिलो अक्षर राखिएको छ । सेतो रंगको गोलाकार औठीमा निकै आर्कषक बुट्टाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu