रेखा बस्दिनन् तीजमा व्रत, पुजना भन्छिन्, “पानी नखाई व्रत बस्ने गर्छु”



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली महिलाहरुको महानपर्व मानिने हरितालिका तीजको रौनक चल्न थालेको पनि झण्डै १ महिना हुन लागिसकेको छ । यस बर्षको तिज भदौ ३० गते भएपनि भदौको पहिलो साताबाट नै नेपाली महिलाहरले दर खाने कार्यक्रम देखी विभिन्न तिज सम्बन्धी साँस्कृतिक कार्यक्रमहरु मनाइरहेका छन् ।

Click Here to Watch Entertaining Videos
तीज भनेपछि एक महिला अथवा यूवतीले पानी पनि नखाई भगवान शिवको आराधना गरि व्रत बस्ने चाडको रुपमा चिनिन्छ । तर केहि बर्ष यता तीज पनि समय अनुसार परिवर्तन भएको हामीले अनुमान गर्न सक्छौं । यहि नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठुलोपर्दा डटकमले नेपाली कलाक्षेत्रका चर्चित व्यक्तिहरुलाई “यो बर्षको तिजमा ब्रत बस्दै हुनुहुन्छ की हुनुहुन्न ?” भनेर सोधका छ ।प्रस्तुत छ उनिहरुको भनाई:

रेखा थापा, नायिका
सर्वप्रथम त नेपाली महिलाहरुको महानपर्व हरितालिका तीजको सम्पुर्ण दिदी बहिनीहरुलाई शुभकामना । म आजसम्म तिजमा ब्रत बसेको छैन । आखिर बस्ने पनि कसका लागि त्यसैले यो बर्षको तिजमा पनि म ब्रत बस्दिन तर जसले तिजमा ब्रत बस्दैहुनुहुन्छ उहाँहरुलाई शुभकामना । अनि अर्को कुरा तीजमा ब्रत बसेर श्रीमानको आयू बढ्ने भए टिकापुरका पुलिसहरुले अकालमै किन ज्यान गुमाउनु पर्थ्यो होला र ? त्यसैले तीजमा ब्रत बस्दैहुनुहुन्छ भने आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनुहोला ।
rekha-thapa-teej

आयूषा राई, मोडल तथा नायिका
अहिलेसम्म ब्रत बसेको छैन र यो बर्ष पनि बस्दिन । तीजमा पानी पनि नखाई ब्रत बस्ने दिदी बहिनीहरु देख्दा निकै गाह्रो हुन्छ होला जस्तो लाग्छ त्यसैले पनि अहिलेसम्म ब्रत भने बसेको छैन । बिवाह पछि हेरौँ कस्तो परिवारमा पुग्छु अनि त्यहि अनुसार नै होला तिजमा ब्रत बस्ने की नबने भन्नेमा ।
aayusha-rai-teej

पुजना प्रधान, नायिका
म प्रत्येक बर्षको तीजमा ब्रत बस्ने गरेको छु र यस बर्ष पनि बस्ने तयारीमा छु । ब्रत बस्दा मलाई आनन्द महशुस हुन्छ यो एउटा चलन पनि हो । मलाई भगवान महादेव निकै मन पर्छ त्यसैले पनि म उहाँको पुजा गर्ने गर्छु ।
Poojna-teej

रमिला न्यौपाने, गायिका
ब्रत बस्ने गरेको छैन तर अहिलेसम्म नबसेको भने चााहि होइन मैले ५ बर्ष जति तीजमा पानी पनि नखाई ब्रत बसेको पनि छु । तर गायक क्षेत्रमा लागेपछि विभिन्न ठााउहरु पुग्नु पर्ने भएका कारण यो बर्षको तिजमा ब्रत बस्दिन । सानोमा दिदी र आमा ब्रत बस्दा मैले पनि तिजको ब्रत बसेको याद छ । तीजमा ब्रत बसेर पति वा हुने वाला पतिको आयू बढ्छ जस्तो मलाई लाग्दैन तर आस्था भने राख्नु पर्छ ।

नन्दिता केसी, नायिका
यस बर्ष हाम्रो परिवारमा टिका लगाउनु हुादैन त्यसैले यस बर्षको तीजमा म ब्रत बस्दिन तर मैले १२/१३ बर्षदेखी निरन्तर रुपमा तिजमा ब्रत भने बस्दै आएको छु । तीजमा ब्रत बसेर श्रीमान अथवा वाला श्रीमानको आयू बढ्छ भन्ने चााहि मलाई लाग्दैन तर त्यो भनेको भगवान माथिको आस्था हो । हाम्रो परम्परा, रिती रिवाज म अहिले मात्र होइन होइन जिन्दगी भर मान्ने छु ।
nandita-kc-teej

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu