‘पार्सल’को फष्टलुक पोष्टर सार्वजनिक



parcel
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘पार्सल’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । विदेशबाट घर फर्कने लाहुरेको पार्सल साटिएपछिको उतारचढाव यस चलचित्रमा देखाइएको छ । चलचित्रको पोष्टप्रोडक्सन लगभग सकिएको निर्देशक रबिन श्रेष्ठले जानकारी गराएका छन् ।

Click Here to Watch Entertaining Videos
तीजको कोसेली स्वरुप चलचित्र यूनिटले फष्टलुक पोष्टर सार्वजनिक गरेको बताइएको छ । किशोर सम्बाहाम्फेको प्रस्तुति एवं दक्षकुमार राइको निर्माण रहेको यस चलचित्रबाट प्रभु श्रेष्ठ एक एक्सन नायकको रुपमा उदाउँदैछन् । चलचित्रमा प्रभुको साथमा श्रृजना लिम्बु, प्रेम सुव्वा, बिक्रम सिंह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निता ढुंगाना र किशोर खतिवडाको पनि अभिनय देख्न सकिन्छ । चलचित्रको रिलिज मिति भने फाइनल गरिएको छैन । चलचित्रका गीतमा विकाश चौधरीको संगित सुन्न सकिने छ ।

चलचित्रलाई यूवराज राइले छायांकन गरेका छन् भने सानु कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ । युवराज राईको छायाँकन रहेको ‘पार्सल’को सह(निर्देशन बसन्त अधिकारीले गरेका छन् । रोश्नी चलचित्र प्रोडक्सन प्रालिको व्यानरमा निर्माण भएको ‘पार्सल’को लेखन नायक प्रभु श्रेष्ठले नै गरेका हुन् । चलचित्रमा सिंगापुर प्रहरी, हङकङमा कार्यरत नेपाली र धरानेहरुको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu