रोजले नयाँ चलचित्र बनाउने, पक्का भए महेश



Rose-New-Film
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समय चलचित्रक्षेत्रबाट टाढा रहेका निर्माता एक कलाकार रोज राणा पुन नयाँ चलचित्र लिएर दर्शकमाझ आउने भएका छन् । चार बर्षपछि चलचित्र निर्माण गर्न लागेका रोजको उक्त चलचित्रमा संगीतकार महेश खड्का अनुबन्धित भएका छन् ।

Click Here to Watch Entertaining Videos
अब महेशले चलचित्रका गीतहरुमा संगीत भर्ने छन् । नाम नखुलाइएको उक्त चलचित्रको छायांकन यसै बर्षबाट सुरु हुने बताइएपनि अहिले रोज नेपाली कांग्रेसको महाधिवेसनमा प्यूठान क्षेत्र नम्बर २ बाट क्षेत्रिय सभापतिका लागि चुनाव लड्दैछन् । नायिकासँगको अफेयरदेखि चलचित्रमा डन प्रवृत्ती, विभिन्न कारणले चर्चामा आँउने रोजले चाँडै चलचित्रको नाम फाइनल गर्नेछन् भने उनी उक्त चलचित्रमा मुख्य भुमिकामा देखिन सक्नेछन् । चलचित्र लभस्टोरी भनिएको छ । राणाले बनाएका ६ मध्ये पाँच फिल्मले बक्सअफिसमा सफलताको स्वाद चाखेका थिए ।

निर्देशक भने केही दिनमा नै फाइनल हुने छन् । ‘नयाँ र पुराना कलाकारलाई संयोजन गरेर फिल्म बनाउनेछु’ रोजले भने । अष्ट्रेलियाली पार्टनर मिलन श्रेष्ठसँग मिलेर रोजले चलचित्र बनाउन लागेका हुन् । यसअघि बनाउने भनिएको ‘हिरोइन’ रोकेर उनी अर्को फिल्म बनाउने मनस्थितीमा रहेका छन् । केहि बर्ष अगाडी अभिनेत्री सौजन्य सुब्बाको अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएको भन्दै निर्माता रोज राणालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu