चलचित्र पत्रकार संघ चितवन शाखाको अध्यक्षमा राजकुमार



chitwan-sangh
ठुलोपर्दा डटकम, चितवन।
चलचित्र पत्रकार संघ चितवन शाखा विशेष अधिवेशनले राजकुमार लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भरतपुरको गार्डेन रिसोर्टम शनिबार आयोजना गरिएको अधिवेशनले सबै पदाधिकारी सर्वसहमत चयन भएका हुन् ।

जसको उपाध्यक्षमा केशव लोहनी, सचिवमा महेश पाण्डे, सह सचिवमा आन्नद पोखरेल, कोषाध्यक्षमा हरि कार्की लक्की रहेका छन् । यस्तै अन्य सदस्यहरुमा ओमकार अर्याल, रामु आचार्य, अनिल भट्राई, लक्ष्मी पौडेल, गीता गुरुग, दीपक मिश्र रहेका छन् । अधिवेशनले संरक्षकमा मनोज पन्तलाई समेत चयन गरेको छ । विशेष अधिवेशन संयोजक मनोज पन्तको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शान्ति प्रिय प्रमुख अतिथि रहेका थिए ।

अधिवेशनको उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेल, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष तीर्थ नेपाल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष शान्ता अधिकारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुर्यप्रकाश कंडेल, निर्वाचन केन्द्रीय प्रतिनिधि संघका उपाध्यक्ष विष्णुप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नव निर्वाचित कार्य समितिको २ वर्षे कार्यकाल रहने छ । यस अघि चलचित्र पत्रकार संघ चितवनको अध्यक्ष रवि अधिकारीले संस्थाको विधान उल्लघंन गरेका कारण उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu