५० पर्दामा नायिकाको कथा, ‘स्टार’ बन्न कति संघर्ष ?



ठुलोपर्दा डटकम, काठमाण्डौ। एउटी युवतीले आफुभित्रको अभिनय कलालाई प्रस्फुटन गर्न गर्ने संघर्षको कथा देखाउने नेपाली चलचित्र ‘स्टार’ शुक्रवार रिलिज भएको छ।

राजधानी लगायत पश्चिम नेपालका झण्डै पचास् हलमा रिलिज भएको सो चलचित्र पूर्वी नेपालमा भने अर्को हप्ता रिलिज हुनेछ।

एडल्ट प्रमाणित यो चलचित्रलाई १६ बर्ष मुनिका बालबालिकाले हेर्न पाउँदैनन्। निरज बराल, श्याम घिमिरे र रमेश बुढाथोकी लगायतको अभिनय रहेको ‘स्टार’लाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन्। अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रलाई महेन्द्र बुढाथोकीले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता लक्ष्मण सुवेदी हुन्।

यो चलचित्रसँगै भारतमा बुधवार रिलिज भएको अक्षय कुमारको ‘बोस’ रिलिज हुने भनिएता पनि वलिउड चलचित्र ‘साहिद’ रिलिज भएको छ। दर्शना आर्टसले ‘बोस’ किन्न नसक्ने भएपछि साहिद आएको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu