नेतालाई मन पर्‍यो ‘वडा नम्बर ६’



wada-number-6--neta
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको शुक्रबारबाट राजधानी भित्रमात्र प्रदर्शनमा आएको नेपाली कमेडी चलचित्र ‘वडा नम्बर ६’ ले दर्शकहरुको राम्रो साथ पाइरहेको अवस्थामा नेपालका शिर्ष दलका नेताहरुले पनि ‘वडा नम्बर ६’ हेरेका छन् ।

Click Here to Watch Entertaining Videos
सोमबार साँझ पुर्व प्रधानमन्त्री तथा एमाओवादी का नेता डा.बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजाल, एमाओवादी नेतृ हिसिला यमी कमलपोखरी स्थित कुमारी हलमा पुगेका थिए । चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र मन परेको बताए । चलचित्र हेरिसकेपछि डा.भट्टराईले जनयुद्ध र शान्ति प्रक्रियाको पृष्ठभूमिमा आधारित नेपाली चलचित्र वडा नं छ हेर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरे । उनले चलचित्र वडा नम्बर ६ स्वस्थ मनोरन्जनात्मक र वस्तुपरक रहेको भन्दै चलचित्रको टिमलाई बधाई दिएका थिए । त्यस्तै सुचना तथा सञ्चारमन्त्री डा.रिजालले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।

‘नेपालको समसामयिक राजनितिलाई पृष्ठमा राखेर रमाईलो कमेडी चलचित्रले प्रस्तुत गरेको रहेछ, सिनेमा हेरेर धेरै हाँसियो’, मन्त्री रिजालको प्रतिक्रिया दिए । चलचित्र हेर्न चलचत्रि विकास बोर्डका अध्यक्ष राजकुमार राई सहित बरिष्ठ सिनेकर्मी अशोक शर्मा लगाएत चलचित्र युनिट सहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘वडा नम्बर ६’ मा चलचित्रमा दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको साथमा जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले लगानी गरेका छन् । यो चलचित्रमा दीपकराज गिरी, सिताराम कट्टेल, जीतु नेपाल, दयाहाङ राई, प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्रमा विल्सन विक्रम राइ विशेष भूमिकामा देखिदैछन् । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu