फेरी सन्तान थप्दै एन्जेलिना



angelina-family
तीन सन्तानलाई आफ्नै कोखबाट जन्मदिइसकेकी हलीउड अभिनेत्री एन्जेलिना जोली र उनका पति एवं अभिनेता ब्राड पिटले ३ जना धर्मसन्तान समेत पालेका छन् । यति बेला फेरी यो जोडी अझै सन्तान थप्ने मनस्थितिमा छन् ।

Click Here to Watch Entertaining Videos
संयुक्त राष्ट्रसंघको दूतका हैसियतमा हालै सिरियाको भ्रमणमा रहेको जोडीले भेटिएका तीन शरणार्थी बच्चाहरूलाई एडप्ट गर्ने सोच बनाएको हो । ती तीन बच्चाहरूको कहानी सुनेपछि पग्लिएको मनले अभिभावकत्व दिने निर्णय लिएको बताइएको छ । यसअघि पनि ब्रान्जेलिनाले कम्बोडिया, इथियोपिया र भियतनामजस्ता द्वन्द्वग्रस्त गरिब देशका बच्चाहरूलाई अभिभावकत्व दिइसकेका छन् । ति तीनै बच्चा एकै परिवारका हुन् ।

एन्जेलिनाले तीनै बच्चालाई एडप्ट गर्न चाहे पनि ब्राड पिट भने केहि खुम्चिएका बताइएको छ । खबरका अनुसार एन्जेलिनाले तीनैलाई नभई एकलाई मात्रै गर्न एन्जेलिनालाई राजी गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu