रणवीर दीपिकाका भाई ?



ranbeer-and-deepika
तपाईहरुलाई थाहा भएकै कुरा हो की बलीउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण पूर्वप्रेमप्रेमिका हुन् तर अहिले उनीहरु मात्र साथी रहेको बताउँछन् । हालै यो जोडीले अभिनय गरेको चलचित्र ‘तमासा’ प्रदर्शनको तयारीमा रहेको छ ।

Click Here to Watch Entertaining Videos
बुधबार मुम्बईमा आयोजित चलचित्र ‘तमासा’को ट्रेलर लन्च कार्यक्रममा यी दुई पूर्वप्रेमी–प्रेमिकाले ‘स्पेसल’ ‘पर्फमेन्स’ गरे । त्यो प्रस्तुतिकै क्रममा दीपिकाले रणवीरलाई ‘ब्रो’ भनेपछि यति बेला यो खबरले राम्रै प्राथमिकता पाएको छ । भारत सरकारले ल्याएको नयाँ नियम सामाजिक सञ्जालका सन्देश तीन महिनासम्म ‘डिलिट’ गर्न नपाउनेबारे एक रिपोर्टरले रणवीरलाई सोधे ।

रणवीरले जवाफमा भने, ‘सबैभन्दा पहिले फोहोरी म्यासेज पठाउन छाड्नुहोस् । आफूसँग ब्वायफ्रेन्ड हुँदाहुँदै पनि अर्को मान्छेलाई म्यासेज नपठाउनुहोस् । नत्र फस्नुहुन्छ ।’ रणवीरको यो जवाफ सुनेपछि दीपिका ‘कन्फ्युज’ भइन् र भनिन्, ‘नाइस एडभाइज ब्रो ।’ २८ सेप्टेम्बरमा रणवीर आफ्नो ३३औँ ‘बर्थडे’ मनाउँदै छन् । उनले त्यही कार्यक्रममा जन्मदिनका कार्यक्रमबारे पनि खुलेरै कुरा गरे ।

उनले भने, ‘म बर्थडेमा काम गर्नेछु । जन्मदिनमा काम गर्नु नै राम्रो हुन्छ । मलाई केही नयाँ काम गर्न मन लागेको छ ।’ रणवीरको जन्मदिनमा भने दीपिकाले कुनै उपहार नदिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu