‘एभरेष्ट’: हलिउडमा पहिलोपटक पुरै नेपालको बिषय



everest-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको शुक्रबारबाट प्रदर्शनमा आएको हलीउड चलचित्र ‘एभरेष्ट’ले अहिले दर्शकहरुबाट राम्रो प्रतिक्रिया बटुल्दै गएको छ । अधिकांश दृश्य नेपालमा खिचिएका कारणले गर्दा पनि चलचित्र ‘एभरेष्ट’ हेर्न नेपालीहरु पनि उत्साहित भएका थिए ।

Click Here to Watch Entertaining Videos
चलचित्र भित्र नेपालका मनोरम दृश्यहरु कैद गरिएको छ । न्युजिल्याण्ड र अमेरिकाका पर्वतारोही रब अल र स्टिकर फिचरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको सत्य घटनामा आधारित रहेर विश्व चर्चित कम्पनी युनिभर्सल पिक्चर इन्टरनेशनल र वर्किङ टाइटल प्रालिले ९४ मिलियन डलर खर्च गरेर बनाईएको हलिउड फिचर चलचित्र हो ‘एभरेष्ट’ ।

प्रदर्शनमा आउनु भन्दा अगाडी नै चलचित्र एभरेष्ट इटाली, अमेरिका, फ्रान्सलगायतका देशमा प्रिमियर भइसकेको थियो । यो चलचित्रमा ११ जना नेपाली शेर्पा तथा माउन्टेन गाइडले अभिनय गरेका छन् । चलचित्रमा नेपालका आङफुला शेर्पाको भने भुख्य भुमिका रहेको छ । नेपाली कलाकार तथा नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा हेलिकोप्टरको पाइलटको छोटो भूमिकामा छन् ।

everest-1

चलचित्रको छायांकन काठमाडौं र सोलुखुम्बुका विभिन्न ठाँउहरु लुक्ला, फाप्दिङ, नाम्चे, तेङबुचे, फेरुचे, लोपुचेलगायत विदेशका विभिन्न ठाँउमा गरिएको हो । यस अगाडि हलिउडमा कुनै पनि चलचित्रमा सगरमाथालाई कथावस्तु बनाएको पाइदैन । बाल्टासुर कोर्माकुरले निर्देशन गरेको यो चलचित्रमा हलिउडका चर्चित कलाकारहरुले अभिनय गरेको देख्न सकिनेछ । चलचित्रमा जेसन क्लार्क, जोस ब्रोलिन, जोन हक्स, रोविन राइट, साम वार्थिङ्टनको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu