चलचित्र पत्रकार सुवेदी विरुद्द निर्माताको मुद्दा



RK-Sunil-mudda
बायाँबाट क्रमश: सुनिल र आरके(रामकृष्ण)

ठुलोपर्दा डटकम, काठमाण्डौ। पत्रिकाको दुरुपयोग गर्दै आफ्नो चरित्रहत्या गरेको भन्दै नेपाली चलचित्रका निर्माता सुनिल रावलले पत्रकार आरके सुवेदी विरुद्द मुद्दा दायर गरेका छन्। काठमाण्डौ जिल्ला अदालतले भदौ २५ गोरखापत्रमा प्रकाशित गरेको १५ दिने म्याद सम्बन्धी सुचना अनुसार सुवेदीले कुनै सबुत नभुझाएकोले हाल उनको खोजी भईरहेको बताईएको छ।

सुनिलले बक्स अफिस साप्ताहिक पत्रिका मार्फत आफ्नो गाली बेईज्जती भएको भन्दै मुद्दा दायर गरेका थिए। ठुलोपर्दा डटकमसँग कुरा गर्दै निवेदक रावलले गत बैशाखमा सुवेदीले आयोजना गरेको पुजा कार्यक्रममा मागेको पैसा नदिएकोले सुवेदीले पत्रिका मार्फत बेईज्जतको प्रयास गरेको बताए। ‘सायद चलचित्र बनाउँदा विज्ञापन गरेको रकम पुरै बुझाएको हुँ, आफ्नो पुजा गरेर बिना सहमतीको पैसा माग्न आउँदा दिन नसक्ने भनेपछि उनले धम्क्याएका थिए’ सुनिलले बताए। सुनिलका अनुसार पच्चिस हजार रुपैयाँ आरकेले मागेका थिए।

‘आरकेले पत्रकारिताको नै बेईज्जती गरेका छन्। प्रेसजगतले नै सत्य-तथ्य बाहिर ल्याउन मलाई सहयोग गर्नुपर्छ’ सुनिल भन्छन् ‘म मात्र होईन उनले अन्य थुप्रै चलचित्रकर्मीको बेईज्जत गरेका छन्। थाहै नपाई पोस्टर राखिदिने र पैसा नदिएको भन्दै कसैको उल्टो पोष्टर त कसैको टाउको तल खुट्टा माथी बनाएर तस्विर छपाउने गरेका छन्’। बक्स अफिस साप्ताहिकमा सुनिलले पैसा नदिएको भन्दै पटक-पटक सुचना जारी गरिएको थियो। आरके सो पत्रिकाका सञ्चालक हुन्।

भदौ २५ मा काठमाण्डौ जिल्ला अदालतबाट गोरखापत्रमार्फत जारी भएको सुचना:
RK-adalat

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu