रोशनको रुपकली (भिडियो)



rupkali
ठुलोपर्दा डटकम, काठमाण्डौ।
युवा निर्देशक रोशन कुमारले निर्देशन गरेको दुई गीत ‘रुपकली’ र ‘मैले तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक रुपकली बोलको गीतमा आशिश ताम्राकारको स्वर रहेको छ भने मैले तीमीलाई बोलको गीतमा गायक स्वरुपराज आचार्य र गायिका अन्जु पन्तको स्वर दिएका छन् ।

Click Here to Watch Entertaining Videos
रुपकली बोलको गीतमा सुर्वन क्षेत्रीको शब्द रचना रहेका छ भने रमेश खड्काको संगीत रहेको छ । सार्वजनिक भिडियोमा रमी, स्वराज लगायतका कलाकारहरुले अभिनय गरेका छन् । त्यस्तै मैले तीमीलाई बोलको गीतमा अन्जुलको शब्द रहेको छ भने एरेन्जर विनोद गुरुङ्को रहेको छ ।

यसै गीतको भिडियोमा स्वराज, रितिका, दिनेशजंगले अभिनय गरेका छन् । सार्वजनिक भिडियोलाई दिपेशले खिचेका हुन भने अधिनायकमान शेरचनको सम्पादन रहेको छ । राम्रो अभिनय गर्ने मोडलहरुलाई आफ्नो निर्देशनमा सहभागी गराउन खप्पीस रोशन कुमारको गीत निर्देशनमा एक पूर्ण कथालाई देख्न सकिन्छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu