ठमेलमा नीता बिना नरेन अपुरो (भिडियो)



naren-neeta-thamel-dot-com
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक ५ गते मोफसल र ६ गते राजधानी भित्र प्रदर्शन हुन लागेको चलचित्र ‘ठमेल डटकम’ को अर्को नयाँ गीत सार्वजनिक भएको छ । ‘अपुरो छु म’ बोलको सार्वजनिक गीतमा नरेन खड्का र नीता पोखरेल देखिएका छन् ।

गीतमा बिना भट्टराई र राजेशपायल राईको आवाज रहेको भने बसन्त सापकोटाको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको छ । उद्धव पौड्यालको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, नरेन खड्का, नीता पोखरेललगायतका कलाकार रहेका छन् । चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरिरहेका छन् ।

निकिता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको यो चलचित्रमा ब्रजेश खनालको आलेख, राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu