डब्बुको निर्देशनमा ‘झम झम झरी’ (भिडियो)



jham-jham
ठुलोपर्दा डटकम, काठमाण्डौ।
डब्बु क्षत्रीको शब्द तथा निर्देशनमा तयार भएको ‘झम झम झरी’ बोलको भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक समारोह बीच गायक दिपक लिम्बु, संगीतकार जुगल डंगोल र मोडल अम्बर श्रेष्ठले भिडियोको सार्वजनिक गरेका हुन् ।

Click Here to Watch Entertaining Videos
झरी एल्बममा समाबेश उक्त गीतमा जुगल डंगोलको संगीत र दिपक लिम्बुको स्वर रहेको छ भने भिडियोमा अम्बर श्रेष्ठ र कृति पुरीले अभिनय गरेका छन् । जुगल डँगोलले आफुले सँगीत गरे अनुसारको भिडियो बनेको बताए । गायक लिम्बुले यो गजल आफुलाई साह्रै मन परेको र भिडियोबाट आफु सन्तुष्ट रहेको रहेको विचार व्यक्त गरेका थिए ।

गजलकार क्षेत्रीले एक दशक अघि आफुले पत्नीसँग पोखरा घुम्दा त्यही यो गजल लेखेको बताए । रामशरण उप्रेतीले खिचेको, मित्र गुरुङले सम्पादन गरेको भिडियोमा सानु खानको मुख्य सहायक निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu