माओवादी घोषणापत्रमा चलचित्र ‘सांस्कृतिक मनोरञ्जन उद्योग’



UCPN-Maoist-Flag1ठुलोपर्दा डटकम, काठमाण्डौ। राजधानीको प्रज्ञा प्रतिष्ठानमा शनिबार भव्य कार्यक्रमबीच एमाओवादीले प्रतिबद्धतापत्र (जसलाई एमाओवादीले प्रतिबद्धतापत्र भन्दै आएको छ) सार्वजनिक गरेको छ । घोषणपत्रमा चलचित्र उद्योगलाई पनि समेटिएको छ।

नेता बाबुराम भट्टराई संयोजकत्वमा घोषणापत्र लेखन समितिले तयार पारेको प्रतिबद्धतापत्रमा कल्याणकारी कोष, राष्ट्रिय चलचित्र नीति, चलचित्र क्षेत्रलाई सांस्कृतिक मनोरञ्जन उद्योग  लगायतका योजनाहरु राखिएको छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्विवाद नेताकोरुपमा उल्लेख गरिएको प्रतिबद्दतापत्रमा चलचित्रलाई यसरी सम्वोधन गरिएको छ ।

  • कला, साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तित्वहरुलाई राज्यले प्रोत्साहित, सम्मानित र पुरस्कृत गर्नेछ । साथै उनीहरुको जीवन विमा, जीविकोपार्जन र औषधोपचार लगायतको सहयोगको लागि एक ‘कल्याणकारी कोष’ स्थापना गरिनेछ ।
  • नेपाली चलचित्र क्षेत्रको समस्टीगत विकास र सम्वद्र्धनको लागि ‘राष्ट्रिय चलचित्र नीति’ ल्याइनेछ । चलचित्र क्षेत्रलाई ‘सांस्कृतिक मनोरञ्जन उद्योग’ को रुपमा मान्यता दिइनेछ । अन्तर्राष्ट्रिय चलचित्र पर्यटन प्रवद्र्धन गर्न देशभित्र एउटा अत्याधुनिक ‘इन्डोर सूटिङ स्टुडियो’ निर्माण गरिनेछ ।
  • संगीत, चलचित्र लगायतका क्षेत्रहरुमा प्रतिलिपि अधिकार हननको गम्भीर समस्या रहेकाले त्यसको निवारणको लागि आवश्यक कानूनी र अन्य व्यवस्था गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu