राजेश र शिवको युद्द नै हो त ? हेर्नुहोस् ‘बागमती’ ट्रेलर (भिडियो)



rajesh-hamal-and-shiva-shrestha
ठुलोपर्दा डटकम, काठमाण्डौ।
महंगो बजेटमा तयार भएको चलचित्र ‘बागमती’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र बागमतीको ट्रेलरमा एक्शन पाटोलाई विशेष प्राथमिकतामा देखाइएको छ ।

Click Here to Watch Entertaining Videos
ट्रेलर भित्र नायक राजेश हमाल र शिव श्रेष्ठको धमकेदार एक्शन देख्न सकिन्छ । पौष २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, कञ्चन ठकुरी, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्कीलाई नवप्रतिभाको रुपमा भित्राइएको छ । ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको सिनेमामा कथा तथा निर्देशन सन्नी (केरला)को छ । चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् । चलचित्रका कलाकार बाहेक प्राविधिक तथा निर्देशक सबै दक्षिण भारतीय सिनेमाबाट ल्याइएको छ । यो चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक, पारिवारिक, सन्देशमुलक भनिएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu