ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका कोमल ओली र गायक तथा गीतकार अजय अधिकारी ‘शुशिल’को आवाजमा रहेको ‘दशै र तिहार’ बोलको भिडियो सार्वजनिक भएको छ ।
Click Here to Watch Entertaining Videos
दशैँ र तिहारलाई लक्षित गर्दै सार्वजनिक गरिएको भिडियोमा गरिबको घरमा आउने दशै र तिहारलाई मर्मस्पर्शी ढंगबाट प्रस्तुत गरिएको छ । गीतमा अजय अधिकारी ‘शुशिल’कै शब्द र संगीत रहेको छ भने संगीत संयोजन गणेश चौधरीले गरेका छन् ।
अजय अधिकारी ‘शुशिल’, रक्षा श्रेष्ठ लगायतको अभिनय गरेको भिडियोलाई अजय अधिकारी ‘शुशिल’ले नै निर्देशन गरेका हुन् । नगेन्द्र दाहालको छायांकन रहेको सार्वजनिक भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । गीतमा नृत्य निर्देशन लक्ष्मी अधिकारीको रहेको छ ।
भिडियो: