‘सुश्री’मा आर्यन कमेडी पात्र



aaryan-comedy
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक ३ गते फुलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘सुश्री’मा नायक आर्यन सिग्देल पहिलो पटक कमेडी भुमिकामा प्रस्तुत भएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र यूनिटले आर्यन पहिलो पटक चलचित्र ‘सुश्री’ मार्फत कमेडी शैलीमा प्रस्तुत भएका बताइएको छ ।

रिलिजको पूर्व सन्ध्यामा पत्रकार भेटघाट कार्यक्रम गरी निर्माण यूनिटले चलचित्रबारे जानकारी दिदै ‘सुश्री’ पुर्णतया कमेडी चलचित्र रहेको बताएको छ । पत्रकार सम्मेलनमा चलचित्रका निर्माता आत्माराम थापा, निर्देशक शिबम अधिकारी, कलाकार आर्यन सिग्देल, राजाराम पौडेल लगायतका कलाकारहरु उपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै नायक आर्यन सिग्देलले कमेडी भुमिकामा अभिनय गर्न पाउदा खुसी लागेको बताए । उनले भने -‘सायद म पहिलो पटक कमेडी शैलीमा प्रस्तुत भएको छु । मलाई आश छ दर्शकहरुले मेरो यो भुमिकालाई अन्य चलचित्र झै मन पराउनु हुनेछ ।’ त्यस्तै कलाकार राजाराम पौडेलले पनि चलचित्र उत्कृष्ट बनेको दाबी गरे ।

चलचित्रका निर्माता आत्मराम थापाले पनि आफ्नो चलचित्र सबैले फरक र राम्रो बनेको भन्ने गरे पनि चलचित्र ‘सुश्री’ साँच्चै राम्रो र पारिवारिक बनाएको बताए । उनले आम नेपालीले चलचित्र हेरी राम्रा चलचित्र निर्माणमा हौसला दिन अनुरोध गरेका छन् । कार्यक्रममा निर्देशक शिबम अधिकारीले चलचित्र ‘सुश्री’बाट दर्शकहरुले भरपुर मनोरञ्जन दिन सक्ने बताए । चलचित्रमा आर्यनको साथमा आशिका तामाङ, सुरविना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu