‘धुम ४’ मा ऋतिकको बुबा बन्दै अमिताभ



Amitabh
यशराज फिल्म्सले चलचित्र ‘धुम’ को चौथो श्रृङ्खलामा अमिताभ बच्चनलाई मुख्य भुमिकामा देखाउने भएको छ । धुम चौथो सिरिजमा ऋतिक रोशनको पिताको भुमिकामा अभिताभलाई देखिने छन् ।

Click Here to Watch Entertaining Videos
धुम सिरिजमा अमिताभले अभिनय गर्न लागेको यो पहिलो पटक हो । गत सिरिजमा जस्तै ऋतिक यसमा पनि नायककै रुपमा देखिने भएका छन् । धुम सिरिजमा आमिर खान, जोन अब्राहम लगायतले नायकको भुमिकामा अभिनय गरिसकेका छन् ।

विजय कृष्ण आचार्यको निर्देशनमा निर्माण हुने चलचित्रमा अमिताभ र अभिषेक आमने सामन्ने हुने छन् । तर, उनीहरुको चरित्र कस्तो हुनेछ भन्ने विषयमा केही सार्बजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu