फन्कोको ‘लोकल ब्युटी’ सार्वजनिक



Fanko-Nepali-movie-song
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र फन्कोले ‘लोकल ब्युटी’ बोलको गित सार्वजनिक गरेको छ । शनिवार विजया दशमीको अवसर पारेर चलचित्र बितरण कम्पनी एफ.डि.मा अनौपचारिक कार्यक्रम सँगै गीत सार्वजनिक गरेको हो ।

Click Here to Watch Entertaining Videos
‘लोकल ब्युटी’मा राजेन्द्र थापाका शब्द, चेतन सापकोटाको संगीत, कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन ।

पैसाको पछाडी लाग्ने युवायुवतीको कथा उठान गरेको फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।

निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका विभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको बताए ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu