अनुभवकी मैना रानी को ? (भिडियो)



Anubhav-Regmi-Maina-Rani
ठुलोपर्दा डटकम, काठमाण्डौ।
विकास आचार्य निर्देशित नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’को गीत रिलिज भएको छ । वसन्त सापकोटाको संगीतमा रहेको ‘मैना राजा मैना रानी’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा अनुभव रेग्मी, यांग्सु, गायक राजेश पायल राई, कलाकारहरु दिपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, पल शाह प्रियंका कार्की, संजोग कोइराला लगाएतके नृत्य गरेका छन् । नाई नभन्नु लका अघिल्ला सिरिजमा प्रेमगीतलाई प्राथमिकतामा राखिएको थियो भने चौँथो सिरिजमा समसामयिक गीतलाई प्रचारको पहिलो खुराक बनाईएको छ ।

यस चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउत, आँचल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्र चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu