ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायकद्वय निखिल उप्रेती र सौगात मल्ल अब एउटै चलचित्रमा देखिने भएका छन् । तराईको राजनीतिको कथामा बन्ने ‘संरक्षण’ नामक चलचित्रमा यि दुई नायकको अभिनय रहनेछ ।
Click Here to Watch Entertaining Videos
निखिल प्रहरी अधिकारी हुनेछन् भने सौगात थारु मुलका प्रहरी अधिकारी नै हुनेछन् । ‘संरक्षण’मा निखिल र सौगातसँगै पुर्व मिस नेपाल मलिना जोशी तथा खलनायकमा परिचय बनाएका प्रमोद अग्रहरीको पनि मूख्य भूमिका रहनेछ ।
निर्देशक पुर्णेन्दु झा ‘चन्दु’ले निर्देशन गर्ने यो चलचित्रलाई नरेन्द्र महर्जन तथा वितरक कम्पनी एफ.डी.को लगानीमा बन्नेछ । यद्यपी चलचित्रको औपचारिक घोषणा भने भईसकेको छैन ।