होस्टेल ५१ दिनमा चल्दै, तीन हलमा अझै छन् दर्शक



hostel-1ठुलोपर्दा डटकम, काठमाण्डौ। यसबर्षको सबैभन्दा हिट ठहरिएको नेपाली चलचित्र ‘होस्टेल’ यो साता एकाउन्नौँ दिनमा प्रदर्शन भइरहेको छ। भदौ १४ मा देशव्यापी रिलिज भएको यो चलचित्र गोपीकृष्ण, गुण र अष्टनारायण हलमा सन्तोषजनक दर्शकका साथ अझै चलिरहेको छ।

‘मैले बनाएको दुई वटै चलचित्रले प्रदर्शनको एकाउन्न दिन चल्न सफल भएका छन्’ गतबर्षको हिट चलचित्र ‘सायद’ बनाएका ‘होस्टेल’का निर्माता सुनिल रावल भन्छन्, ‘यो मेरो लागि धेरै ठुलो उपलब्धी र पुरा भएको सपना हो’। केहि समय पछि दुर्गिश फिल्मसको ब्यानरबाट नै तेश्रो चलचित्रको तयारीमा रहेका रावलले आगामी चलचित्रले पनि यो क्रमलाई भंग नगर्ने आशा रहेको बताए।

‘आज एकाउन्नौँ दिन पुरा हुँदा अत्यन्तै हर्षित छु’ शनिवार ठुलोपर्दा डटकमसँगको कुराकानीमा रावल निकै हर्षित मुद्रामा थिए, ‘राम्रो चलचित्र बनेपछि चल्छ भन्ने कुरा अब भने पक्का नै भयो’।

अनमोल केसी, सलोन बस्नेत, गौरव पहाडी, पकृती श्रेष्ठ, रिश्ता बस्नेत लगाएतका कलाकारहरुको अभिनय रहेको ‘होस्टेल’लाई नव-निर्देशक हेमराज बिसीले निर्देशन गरेका हुन्। नेपालको रिलिज सकिएपछि विदेशको बजारमा रिलिज हुने निर्माताको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu