भारतीय शैलीमा ‘बागमती’



Bagmati-diolauge
२४ पौषबाट देशव्यापी प्रदर्शन आउन लागेको नेपाली चलचित्र ‘बागमती’ दक्षिण भारतीय शैलीमा निर्माण गरिएको चलचित्रका निर्देशक तथा साउथ ईन्डियन निर्देशक सन्नी केरलाले बताएका छन् ।

राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले चलचित्र बागमती मौलिक रहेको बताए । उनले पत्रकारहरुसँग भने -‘मैले चलचित्र बाग्मतीको चेन्नईमा हालै विशेष प्रदर्शन गरेको थिए र बाग्मतीको गुणस्तर देखेर नेपालमा राम्रो सिनेमा बन्ने गरेको जवाफ त्यहाँका सिनेकर्मीबाट पाएको छु ।’ उनका अनुसार चलचित्र बाग्मती दक्षिण भारतका विभिन्न भाषामा स्वरांकन गरेर प्रदर्शन गर्न त्यहाँका वितरकले किनिसकेका छन् ।

ट्रि इन्टरटेन्मेटको व्यानरमा निर्माण भएको ‘बागमती’ मा कञ्चन ठकुरी, राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, धुव्र कोइराला, केकी अधिकारी, रेनिशा रावत, दिपा मगर आदी कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन् । चलचित्र बागमतीको कथा तथा शब्द विजय सत्याल तथा विम्भ अधिकारीको रहेको छ । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व निर्देशन, संगीत यस राम, ज्योती घिमिरे र श्याम महर्जनको रहेको छ । यो चलचित्र यसोद्या राई, सुवर्ण महर्जन, अन्जना भारती सत्याल, सरस्वती दर्शनधारी र आयुषा दर्शनधारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu