गौरी मल्लले खाइन प्रधानमन्त्रीको शपथ



gauri
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रथम महिला सभामुख ओनसरी घर्ती बनेसँगै अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी छिन् ।

मंगलबार काठमाण्डौको जय नेपाल हलमा अभिनेत्री गौरी मल्लले पहिलो महिला प्रधानमन्त्रीको शपथ खाएकी हुन् । सर्च फर कमन ग्राउण्डको प्रस्तुतिमा यूएसएआइडीको लगानीमा ‘सिंहदरबार’ नामक सिरियलको प्रिमियर कार्यक्रममा अभिनेत्री गौरी मल्लले प्रधानमन्त्रीको शपथ खाएकी हुन् ।

कार्यक्रममा पहिलो महिला सभामुख ओनसरी घर्ती र महिला अमेरिकी राजदूत एलियाना टेप्लिज लगायतका व्यक्तिहरुको भव्य उपस्थिती रहेको थियो । यो सिरियल नेपाल टेलिभिजनबाट हरेक आइतबार बेलुकी ८:५० मा प्रशारण हुनेछ । सिरियल १३ भागको छ । महिला प्रधानमन्त्री बन्दा हुने दुःख र उसले पाउने चुनौतीको कथालाई प्रस्तुत गरिएको सिरियलमा गौरी मल्ल प्रधानमन्त्रीको भुमिकामा छिन् । सिरियलमा उनी ‘आशा सिंह’को रुपमा देखिएकी छिन् ।

छिरिङरितार शेर्पाले ‘सिंहदरबार’ सिरियलको निर्देशन गरेका हुन् । नेपालको राजनीतिमा महिलालाई नेतृत्व दिने गरिएको छैन । अर्थात् महिला नेतृ नेतृत्व तह सम्म आउन सकिरहेका छैनन् । यसै सन्दर्भमा सिरियल केन्द्रित हुनेछ । निर्देशक शेर्पाका अनुसार संविधान बनेपछि देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने बिषयमा श्रृङ्खला तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu