प्राविधिक संघमा अनन्त र पुष्करको लडाई हुँदै



ananta-and-puskar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंसिर ९ गते हुन लागेको नेपाल चलचित्र प्राविधिक संघको निर्वाचनमा अध्यक्ष पदका लागि अनन्त तिमिल्सिना र पुष्कर लामाले भिडन्त गर्दैछन् ।

अनन्त हाल चलचित्र प्राविधिक संघमा महासचिब र पुस्कर उपाध्यक्षको जिम्मेवारीमा रहेका छन । प्राबिधिक संघमा कुल तिन सय पन्ध्र सदस्य रहेका छन । यो चुनावले ३ बर्षका लागि नयाँ कार्यसमिती चयन गर्नेछ । करिब ३ सय १५ सदस्यले चुनावमा भोट हाल्नेछन् । मनोज केसी अध्यक्ष रहेको कार्यसमितीको कार्यकाल मंसिर ९ गतेपछि सकिनेछ ।

मनोजको कार्यकालमा प्राविधिक संघले गर्दै आएको अवार्ड ३ बर्ष नै विदेशमा आयोजना भएको थियो । चलचित्र क्षेत्रको सक्रिय संस्थाको रुपमा हेरिएको यस संस्थाको नेतृत्व लिनलार्इ ठुलै प्रतिस्पर्धा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu