‘गाजलु’लाई अहिलेसम्मकै महंगो ‘एमजी’



Gajalu-MG
नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘गाजलु’को छायांकन सुरु भएको केहि दिन नवित्दै चलचित्र वितरक कम्पनी एफडीले महंगो रकम ‘एमजी’ अर्थात (मिनिमम ग्यारेन्टी) दिएर मोफसलको वितरण अधिकार लिएको छ ।

एफडीका अध्यक्ष नरेन्द्र महर्जनले ‘गाजलु’लाई अहिलेसम्मकै महंगो रकम दिइएको बताए । अब, काठमाण्डौ बाहिर निर्माताले वितरण कम्पनीबाट दिइएको रकम चलचित्र चलेपनि नचलेपनि पाउनेछन् । तर एफडी कम्पनीले कति एमजी दिएको भन्ने खुलाइएको छैन । हेमराज वीसीको निर्देशनमा छायांकन भैरहेको यो चलचित्रमा अनमोल र श्रृष्टीका अलवा चलचित्रमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल लगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रलाई वि.सं २०७३ सालको वैशाखको अन्त्यतिर प्रदर्शन गर्ने लक्ष्य आफूहरुले लिएको निर्माता रोहित अधिकारीले बताए । चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । चलचित्रको छायांकन दामन, काठमाण्डौ, भक्तपुर लगायतका स्थानमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu