१६ बर्ष मुनिकाले ‘मधुमास’ हेर्न अविभावकसँग जानुपर्ने



madhuठुलोपर्दा डटकम, काठमाण्डौ। आउने साता देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘मधुमास’लाई हेर्न जाने १६ बर्ष मुनिका दर्शकले आफ्ना अविभावकलाई साथै लैजानुपर्ने भएको छ। चलचित्रमा चुरोट तानेको दृश्य  समावेश भएका कारण सेन्सर बोर्डले ‘पिजि’ प्रमाणपत्र दिएको छ।

सोमबार ‘मधुमास’को सेन्सर भएको हो। चर्चित युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्र निकै महत्वाकांक्षी छ। थापाले यस चलचित्रबाट आफुले निकै आशा गरेको बताउँछन्। आर्यन सिग्देल, पुजा शर्मा, शिवांगिनी राणा, मनोज आरसी लगाएतका कलाकारहरु यस चलचित्रमा छन्।

यसअघि बिभिन्न चलचित्रमा सहनायिका रहेकी पुजा शर्मा यसै चलचित्रबाट नायिकाको रुपमा डेब्यू गरेकी छिन्। यसअघि ‘धन्दा’ बनाएका निर्देशक सुदर्शन थापा र गीतकार बाबुराम दाहालले फ्रा‌ईडे फिल्म्सको ब्यानरमा ‘मधुमास’ बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu