ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्वरसम्राट नारायण गोपालको २५ औं स्मृति दिवस आज शनिबार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायण गोपालको सम्झनामा आज विभिन्न कार्यक्रम हुँदैछन् ।
वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गाएका छन् ।
उनले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाएका छन् । उनले गाएका म त लाली गुराँस भएछु, एउटा मान्छेको मायाले कति, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उतिनै रुचाइएका छन् ।
नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित भएका छन् ।
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्योल कि बजाउन थालिहाल्ने खालको उनको बानी र शौख थिए । बागीनाको प्रकाशक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा कान्छी मस्याङ लेखेका थिए । उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे वीर हस्पिटलमा भएको भयो ।