गरिबीका कारण जोनीले आत्महत्या गर्न खोजेका थिए



johny-leaver

भारतका चर्चित कमेडियन जोनी लिभरले सबैको मन जितेका छन्। एकसमय बलीउड चचित्रका कमेडीबादशाह भनेर जोनी लिभरलाई भनिन्थ्यो । उनी दर्शकहरुलाई हँसाउन अझै पनि त्यस्तै माहिर छन् ।

पछिल्लो समय चलचित्रमा खासै देखिन छोडेका जोनी अब चाँडै शाहरुख खान अभिनित चलचित्र दिलवालेमा प्रमुख भुमिकामा देखिदैछन् । सधै अरुलाई हँसाउने यी कमेडियनको जीवनमा यस्तो समय पनि आएको थियो कि हिम्मत हारेर उनी आत्महत्या गर्न रेलको पटरीमा गएका थिए । जोनी मुम्बईको धारावीको झुपडी बस्तीमा हुर्किएका हुन् । अत्यन्त गरिबीमा आफ्नो बाल्यकाल बितेको उनले एउटा अन्तर्वार्तामा भारतीय पत्रिकालाई यस्तो बताएका हुन् ।

‘घरमा खाने कुरा केही पनि हुँदैनथ्यो। मेरा बुबा धेरै सहृदय थिए। तर, उनको रक्सी पिउने बानीका कारण हामीले धेरै कुरा सहनुपर्‍यो । स्कुलको फिस तिर्न नसकेर मैले स्कुल छोड्नुपर्‍यो । घरमा दिनहुँ हुने झगडा र भोको पेटका कारण वाक्क भएर एक दिन मैले आत्महत्या गर्ने सोच बनाएँ’, अन्तर्वार्तामा उनले भनेका छन् । ‘म रेलको पटरीमा गएँ । अगाडिबाट रेल आउँदै थियो । मर्नका लागि रेलको पटरीमा सुत्नै लाग्दा मेरा आँखासामु बहिनीहरूको अनुहार घुम्यो र म तुरुन्त पटरीबाट उठेँ । त्यहाँबाट म नाउको पसलमा पुगेँ । त्यहाँ रेडियोमा एउटा गीत बजिरहेको थियो । त्यो गीतले ममाथि जादुजस्तै असर गर्‍यो र त्यहाँबाट म चुपचाप घर गएँ’, जोनीले भने।

अहिलेसम्म उनले ३ सय ५० भन्दा बढी बलीउड चलचित्रमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu