रातो घर’ले अमेरिकाबाट प्रदर्शन यात्रा थाल्ने



rato-ghar-usa
प्रदर्शन मिति तय नभैसकेको चलचित्र ‘रातो घर’ले डिसेम्बर २७ बाट आफ्नो प्रदर्शन यात्रा थाल्ने भएको छ । अमेरिकाको क्यालिफोर्नियाबाट सुरु हुने प्रदर्शन सेनफ्रान्सीस्को, लस एन्जल्स, सियाटल्स, वासिङ्टन डीसी, पोर्टल्याण्ड, मेरील्याण्ड, जर्जिया, एक्रोन, न्यूयोर्क लगायतका स्टेटहरुमा पनि हुनेछ ।

यसका लागि चलचित्रका निर्माता तथा निर्देशक सुरज सुब्बा अमेरिका जाने तयारीमा रहेका छन् । माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राइ निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा छ । चलचित्रमा पटकथा र निर्देशनको जिम्मा सुरज सुब्बा ‘नाल्बो’ले सम्हालेका छन् । ‘

विपीन मल्लको सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राई मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu