साईत त जुर्यो, लजाउने शिल्पा की आर्यन ?



Shilpa-Pokhrelबैकुण्ठ पराजुली, काठमाण्डौ। छविराज प्रोडक्सनको दोस्रो प्रस्तुती स्वरूप निर्माण हुन् लागेको नेपाली चलचित्र ‘लज्जा’को सोमबार सुभ साइत गरिएको छ । राजधानीको कमलादी स्थित गणेशस्थान मन्दिरमा यो चलचित्रको शुभ साइत गरिएको हो ।

छवि ओझा निर्माता रहने यो चलचित्रलाई निर्देशक नवल नेपालले निर्देशन गर्ने छन् । ‘लज्जा’को औपचारिक छायांकन भने तिहार पछि मात्र सुरु गरिने निर्माण युनिटले जानकारी दिएको छ ।  यो चलचित्रमा आर्यन सिग्देल र शिल्पा पोखरेल मुख्य भुमिकामा देखिने छन् । मोडल शिल्पा लज्जाबाट पहिलो पटक नेपाली रजतपटमा नायिकाको रुपमा डेव्यु गर्दैछिन् । नायक आर्यन आफ्नै चलचित्र नोभेम्वर रेनमा व्यस्त भएपछि लज्जाको छायांकन दशैंबाट तिहार पछि सरेको बताईएको छ ।

प्रेमकथामा आधारित रही निर्माण गर्न लागिएको यो चलचित्रको कथा निर्माता छबि ओझाले नै लेखेका हुन् । चलचित्र ‘लज्जा’मा संगीत चेतन सापकोटाको रहने छ भने द्वन्द चन्द्र पन्तको रहने छ त्यस्तै चलचित्रलाई मदन कास्यप घिमिरेले खिच्ने छन् । पछिल्लो समय दर्शकले निकै रुचाएको चलचित्र ‘काली’ बाट खुसि बनेका निर्माता छविले यो चलचित्रलाई भने आगामी नयाँ बर्षमा प्रदर्शनमा ल्याउने सोच बनेको बताएका छन् ।

स्मरण रहोस आगामी मङ्सिर २१ गते छबि ओझाकै चलचित्र ‘लोफर’ प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu