अब माघ २२ मा ‘कैफियत’



kanchan-shahi-thakuri
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘पशुपती प्रसाद’ सँग एकसाथ प्रदर्शनमा आउने भनिएको अर्को चलचित्र ‘कैफियत’ले आफ्नो प्रदर्शन मिति एकसाता पर सारेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण यूनिटले अब चलचित्र ‘कैफियत’ माघ २२ गतेबाट प्रदर्शनमा आउने बताएको छ ।

यस अघि यो चलचित्रको प्रदर्शन मिति माघ १५ गतेलाई तोकिएको थियो । यस चलचित्रमा कञ्चन शाही ठकुरी, नन्दिता केसी, किशन सुनार, नविन श्रेष्ठ, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ । दशरथ गिरीले निर्देशन गरेका यो चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ ।

चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द निर्देशन रहेको छ । ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् ।

चलचित्रको गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu