साम्राज्ञीलाई अँगालोमा लुकाउन खोज्दै अनमोल, बाहिरियो ‘ड्रिम्स’को पहिलो पोष्टर



dreams-poster-1ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘होस्टेल’ र ‘जेरी’ चलचित्रबाट दर्शक माझ स्टार नायकको रुपमा छवि बनाएका नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ड्रिम्स’को पहिलो पोष्टर सार्वजनिक गरिएको छ । भुवन केसीको निर्देशन र निर्माणमा तयार भएको यो चलचित्र क्रिसमस डेको अवसर पारेर सार्वजनिक गरिएको हो ।

पहिलो पोष्टरमा चलचित्रका नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह फिचरिङ छन् । आउँदो फागुन २१ मा देशव्यापी रिलिज गरिने तयारी गरिएको यो चलचित्र प्रेम कथामा आधारित रहेको बताइएको छ । यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । ३० वर्षे चलचित्र यात्रामा भुवनले पहिलो पल्ट आफ्नै छोरा अनमोल केसीलाई लिएर आफ्नै ब्यानर काजल फिल्मस् मार्फत् ‘ड्रिम्स’को निर्देशन गरेका हुन् ।

भुवनले यसअघि काजल फिल्मस्को ब्यानरबाटै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता चलचित्र निर्माण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu