शुक्रवार हुने ‘वार’ले जित्ला की नजित्ला ?



War-nepali-Filmठुलोपर्दा डटकम, काठमाण्डौ। आगामी कार्तिक ८ गते देखि अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र चलचित्र ‘वार’ अहिले चर्चामा छ । एक रुपमा यो चलचित्र अरु भन्दा भिन्नै परिवेश अनि कथामा बनाईएको छ भने अर्को तिर पछिल्लो समय प्रदर्शनमा आएको चलचित्र ‘काली’को जस्तै राम्रो सुरुवात गर्न सक्ला कि नसक्ला भन्ने चर्चा पनि ।

‘वार’ पूर्णत: नेपाली जडिबुटी तथा आयुर्वेदिक कथामा केन्द्रित रही निर्माण गरिएको चलचित्र हो । यो चलचित्रमा नेपाली आयुर्वेदिक जडिबुटीको बारेमा बिदेशी मुलुकसँग चलिरहेको नेपालको द्वन्द्वलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको छ । मुकुन्द भट्टको निर्देशन रहेको यो चलचित्रमा नायक बिराज भट्टका भाई कृष्ण भट्ट र निता ढुङ्गानाको मुख्य भुमिका छ । चलचित्र ‘वार’ले नेपालको सम्पत्ती नेपालमा नै उपयोग हुनुपर्छ भन्ने सन्देश दिन खोजेको सो चलचित्रको निर्माण युनिट ले बताएको छ ।

यो चलचित्रलाई सुबोध भट्ट र किशोर भट्टले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चलचित्रमा यसघि नै सेन्सर बाट पीजी सर्टिफिकेट पाएको यो चलचित्र ‘वार’ एक्सन श्रेणीको चलचित्र हो । वार मा मानव सुवेदी र निरजराज पौडेलको संगीत रहेको छ । चलचित्र ‘वार’ को कथा किशोर भट्टले लेखेका हुन् । नेपाली चलचित्रको व्यापार उकाली ओराली गरिरहेको अवस्थामा प्रदर्शनमा आउँ लागेको यो चलचित्रले कस्तो व्यापार गर्छ त्यो पछि नै थाहा होला ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu