‘बागमती’को सिक्वेल निर्माण हुने, राजेश र शिव फेरी दोहोरिने



bagmati-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पौष २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बागमती’को सिक्वेल निर्माण हुने घोषणा गरिएको छ । चलचित्र बागमतीका मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती-२’ को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा चलचित्रको संगीतको काम भै रहेको बताए ।

चलचित्र बागमतीले जस्तो व्यापार गरेपछि ‘बागमती २’ निर्माण गरिने निर्माता दर्शनधारीले बताए । सन्नी केरलाको निर्देशन रहने चलचित्रमा अभिनेताद्वय राजेश हमाल र शिव श्रेष्ठ नै शिर्ष भूमिकामा प्रस्तुत हुने लगभग पक्का-पक्की भैसक्दा अभिनेता भुवन के.सी र छोरा अनमोल के.सीलाई समेत चलचित्रमा अभिनय गर्ने अन्तिम तयारी भैरहेको बुझ्नमा आएको छ ।

फागुन महिनाबाट सुटिङ सुरु हुने ‘बागमती २’ सांगेतिक एंव एक्शन प्रधान रहने निर्माता दिनेश दर्शनधारीको भनाई छ । चलचित्रलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिने छ । चलचित्र बागमतीमा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, श्रेया कार्की,रविकर प्रसाद घिमिरे, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu