आर्यन सिग्देल अब ‘तितोसत्य’मा



titosatya-aaryanठुलोपर्दा डटकम, काठमाण्डौ। नायक आर्यन सिग्देल अब हाँस्यटेलिचलचित्र ‘तितोसत्य’मा अभिनय गर्ने भएका छन्।  नेपाल टेलिभिजनबाट हरेक बिहिबार राती नौ बजे प्रशारण हुने सो कार्यक्रममा नेपाली चलचित्रका चकलेटी नायक सिग्देल दुई भागसम्म देखिनेछन्।

कार्तिक आठ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘मधुमास’को प्रचार-प्रसारमा लागेका आर्यन सोहि क्रममा ‘तितोसत्य’मा देखि लागेका हुन्। समाजका हरेक पक्षलाई व्यंग्य गर्ने सो कार्यक्रममा आर्यनले कस्तो भुमिका पाएका छण् त ? त्यसको लागि बिहिवार पर्खनै पर्छ। ‘तितोसत्य’का निर्देशक दिपकराज गिरी र दिपाश्री निरौला हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu