‘कैफियत’लाई यूनिभर्सल सर्टिफिकेट



kaifiyat-censorठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कैफियत’ ले यूनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । चलचित्र कैफियतलाई सबैले हेर्न मिल्ने गरि आइतबार सेन्सर बोर्डका पदाधिकारीले चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको चलचित्रका निर्देशक दशरथ गिरीले जानकारी दिए ।

ओम दक्षिणकाली फिल्मसको व्यानरमा निर्माण भएको चलचित्र ‘कैफियत’ मा चिन्तामणी बराल र धन देवकोटाले संयुक्त लगानी गरेका छन् । चलचित्रमा शंकर शाहि ठकुरी, मिथिला शर्मा, नविन श्रेष्ठ, नन्दिता केसी, किशन सुनार, सजना थापा ‘रोज’ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा माधव शर्माको कथा, पटकथा र सम्वाद रहने यस चलचित्रमा संगीत अर्जुन पोखरेलको रहेको छ । चलचित्रलाई रामेश्वर कार्कीको छायांकन र अष्टमान महर्जनको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र ‘कैफियत’ पोखरा र काठमाण्डौंका रमणिय ठाँउहरुमा छायांकन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu