ज्याकीले दान गरेको मूर्तिलाई लिएर चीनविरोधी नारा



chan
ताइवानको एक म्युजियममा अभिनेता ज्याकी चेनले दान गरेका दुईवटा काँसका मूर्तिमा अज्ञात समूहले रातो रङले चीनविरोधी नारा लेखिदिएपछि अनेक टीकाटिप्पणी भएका छन् । ताइवानमा रहेको चीनविरोधी समूहले ज्याकीको विरोध गरेको एकखाले टिप्पणी छ ।

ताइवान सन् १९९४ मा सिभिल वारको दौरान चीनसँग अलग्गिएको थियो । तर, चीनले अझै पनि ताइवानलाई आफ्नै हिस्सा दाबी गर्ने गर्छ । हङकङका अभिनेता ज्याकी चीनको सल्लाहकार समिति मानिने ‘चाइनिज पिपुल पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का सदस्य हुन् । ज्याकी चेनले दान गरेका दुईवटा मूर्ति एउटा ड्रागनको छ भने अर्को घोडाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu