१२ चैतबाट ‘राहदानी’



rahadani-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
वैदेशिक रोजगारीको विषय समेटिएको चलचित्र राहदानी आगामी १२ चैतबाट प्रदर्शनी हुने भएको छ । अघिल्लो वर्ष २९ जेठमा रिलिज गर्न लागिएको यो चलचित्र विनासकारी भूकम्पका कारण रोकिएको थियो ।

सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको चलचित्रले डेढ दर्जनभन्दा बढी च्यारिटी शो गरिसकेको छ । चलचित्रका निर्मातामा चण्डीप्रसाद श्रेष्ठ, कृष्णचन्द्र झा, रियाना पात्रवंशीलगायत छन् । यसमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाललगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् ।

मुलुकका करिब २७ लाख युवा जनशक्ति अहिले पनि खाडी मुलुकमा रोजगारीमा रहेकोले उनीहरुका समस्यालाई चलचित्रमा उठान गरिएको निर्देशक क्षत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu