नयाँ चलचित्र बनाउने तयारीमा ‘दमदार’ निर्माता



Chandra-Gautam

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘दमदार’का निर्माता चन्द्र गौतमले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको नाम र कलाकारहरुको नाम फागुन महिनामा एक कार्यक्रमका बिच घोषणा गर्ने बताएका गौतमले चलचित्रको नायक पक्का भइसकेको पनि बताए ।

उनले दिएको जानकारी अनुसार चलचित्रको शुभमुर्हुत बैशाख १ गते भएर छायांकन सुरु गरिने छ । गौतमका अनुसार आफुले चलचित्रमा नयाँ अनुसार देखाउन खोजेको बताए । उनले भने -‘चलचित्र भित्र सबैका लोकप्रिय कलाकारहरु हुनेछन् र नायक अहिलेका चर्चित अनुहार रहेका छन् ।’

चलचित्र दमदारबाट आफुले धेरै कुरा सिकेका कारण नयाँ चलचित्र फरक किसिमको हुने गौतमको दाबी छ । समसामयिक र लभस्टोरी कथामा निर्माण हुन लागेको चलचित्रका लागि अहिले महिला कलाकार र अन्य केहि कलाकारहरुको खोजी भइरहेको छ ।
उनले यस अघि निर्माण गरेको चलचित्र ‘दमदार’मा रेखा थापा, सबिन श्रेष्ठ, कमलकृष्ण र बासु पुडासैनीको मुख्य अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu